समुदाय स्तरमा पिसिआर परिक्षण सुरु गर्यौ शितगंगा नगरपपालीका नगर प्रमुख अधिकारी ।।

जन आवाज सितगंगा

अर्घाखाँचीको शितगंगा नगरपालिकाले आज ५५ जनाको पिसिआर परिक्षण गरेको छ । समुदाय स्तरमा कोरोना देखिन थाले पछि शितगंगा नगरपालिकामा पनि जोखिम मानिएका क्षेत्रमा रहेका ५५ जनाको पिसिआर परिक्षण गरिएको हो ।

नगर प्रमुख सुर्य प्रसाद अधिकारीले लकडाउन खुले संगै कोरोनाको संक्रमण समुदाय स्तरमा वढि फैलिएकोले यसको परिक्षण गरी नियन्त्रणका उपाय अपनाउनका लागि नगरपालिकाले कोरोना परिक्षण समुदाय स्तरमा पनि गरेको उहाले वताउनु भयो कोरोना नियन्त्रणका धेरै उपाय छन् । तर सावधानी नअपनाउदा समुदायमा भया भहको अवस्था आउन नदिनका लागि जोखिम रहेका ठाउँका सबै नगर वासीको कोरोना परिक्षण गरीने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जन आवाज अनलाई जानकारी दिनु भयो ।

आज नगरपालिकाको वडा नम्बर १,२,३,४ र १२ को बिभिन्न क्षेत्रका ५५ जनामा परिक्षण गरिएको शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । शितगंगा नगरपालिकामा अहिले १ जना मात्र कोरोना सक्रमित रहेका छन । उनि दह आधारभुत बिद्यालयको क्वारेन्टाइनमा छन । केही दिन अघि पिसआर पोजेटिभ आएका वडा नम्बर ३ का उनको कोरोना पोजेटिभ देखिएको थियो । शितगंगा नगरपालिकाको आइशुलेशन ज्योती मा.बिको क्वारेन्टाइन बनाए पनि १ जनामा मात्रै रहेकोले मानशिक रुपमा कमजोर हुन सक्ने भन्दै क्वारेन्टाइन मै राखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनु भयो । शितगंगा नगरपालिकामा विभिन्न क्वारेन्टाइनमा गरि १७ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...