शिवराजमा शिक्षक संगठनले पिसी आर परिक्षणका लागि बुझाए नगर प्रमुखलाई ज्ञापन पत्र ।।

जन आवाज शिवराज संवाददाता

कपिलवस्तु शिवराज नगरक्षेत्रका विभिन्न पेशागत शिक्षक संघ संगठनले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको पीसीआर परीक्षण गरिनु पर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल शिक्षक महासंघ शिवराज नगर कार्य समिति संयोजक मुक्तिनाथ पोख्रेलले नगर प्रमुख नेत्रराज अधिकारीलाई माग पत्र बुझाएका हुन् । नगर भित्रका विभिन्न पेशागत शिक्षक संघ संगठनहरुको बैठकले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेको शिक्षक महासंघ नगरसंयोजक मुक्तिनाथ पोख्रेलले जानकारी दिनु भयो । बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गिरी प्रसाद गैरे, एकीकृत शिक्षक संगठनका नगर अध्यक्ष चिरन्जीवि घिमिरे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव यादव चन्द र नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष बलदेव लामिछानेको सहभागिता थियो ।

कोरोना भाइरस ९कोभिड–१९० को प्रभाव समुदायमा परेको साथै नगर भित्रका शिक्षक तथा कर्मचारीहरु बैकल्पिक सिकाइ सहजीकरणका लागि समुदायमा गर्इ रहेका र केही शिक्षकहरुमा पोजेटिभ देखिएका कारण नगर क्षेत्रका शिक्षक, कर्मचारीहरुको पीसीआर परीक्षण गर्नु पर्ने ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख नेत्रराज अधिकारीले शिक्षकहरुको मागलाई प्राथमिकता आधारमा सम्बोधन गरिने आश्वासन दिनु भयो । नगर प्रमुख अधिकारीले विद्यालय प्रशासनले समेत पठन पाठनको समयमा विशेष सुरक्षा संयन्त्र अपाउनु पर्ने सुझाव दिनु भयो। शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले सबैलाई भन्दा पनि कोरोना पोजेटिभ देखिएका शिक्षकहरु कार्यरत विद्यालय तथा सम्पर्कमा रहेकालाई पहिलो प्राथमिकता दिइने समेत उहाँले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...