Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणकोखेलमा नेपाल जोर्डनसँग पराजित

२९ असोज

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक÷एक गोल गरे ।

 

खेलको ५६औँ मिनेटमा फेरासले पेनाल्टीमार्फत एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरासले गोल गरेका थिए ।

यस्तै खेलको ८७ औँ मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई दुई शून्यको अग्रता दिलाए भने खेलको ८८औँ मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए ।

समूह बीमा अस्ट्रेलिया नौ अङ्कका साथ शीर्षस्थानमा छ भने सात अङ्क जोडेको जोर्डन दोस्रो स्थानमा छ । चार अङ्क बनाएको कुवेत तेस्रो, तीन अङ्क बटुलेको नेपाल चौथो तथा एक अङ्क पनि बटुल्न नसकेको चाइनिज ताइपेइ अङ्क तालीकाको अन्तिम स्थानमा छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...