राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान ।।

काठमाडौं, असोज २९ । 

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार जानुभएको छ। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा आज म्यानमार जानुभएको हो।

भण्डारी बुधबारदेखि कात्तिक ३ गतेसम्म म्यानमारमा रहने कार्यतालिको छ। भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोनको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेका छन्।

सडक जाम हुने भएपछि राष्ट्रपति भण्डारी शीतलनिवासबाट हेलीकोप्टर चढेर सिधैं विमानस्थलमा पुग्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...