मालपोत कार्यालय कपिलवस्तुका २ खरिदार घुस रकम सहित रंगेहात समातिए 

कपिलवस्तु २९ असोज 

कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार सेवाग्राहीसंग ६ हजार रकम घुस लिईरहेको अवस्थामा बुधवार दिउसो ३ बजे रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलबाट खटिएको टोलीले  खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीलाई घुस रकम सहीत नियन्त्रणमा लिइको हो । मोही जग्गा नामसरी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अवस्थामा कार्यालय भित्रै दुई कर्मचारीलाई नियन्त्रणमा लिईएको अख्तियार बुटवलले जनाएको छ । घटनाको अनुसंधान, बयान र सोधपुछकालागि अख्तियारले ती दुई कर्मचारीलाई बुटवल स्थित कार्यालयमा लगेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...