नेपाल पत्रकार महासंघमा आवद्ध ३३ जनाको साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय ।

जन आवाज

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।महासंघका कार्यबाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मंगलवार बसेको बैठकले २ वर्षसम्म सदस्यता नवीकरणका लागि महासंघको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

महासंघमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासंघले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यबाहक अध्यक्ष उपाध्यायले जानकारी दिनु भयो ।

आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जन प्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौं । उहाँले भन्नु भयो। विक्रम संवत् २०५३ सालमा स्थापना भएको महासंघ कञ्चनपुरमा २६० साधारण सदस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...