संमृद्ध बन्दै कपिलवस्तुको कष्णनगर नगरपालिका

राजेन्द्र खनाल असोज ३० कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले विकासका कममा तिव्रता दिएको छ । चालु वर्षका योजनाहरुको काम सँगै नगरका बहुवर्षिय याजनाहरुको काम पनि संचलनमा सक्रियताका साथ लागिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

१२ वटा वडा रहेको कृणनगर नगरपालिकाको कुल जनसंंख्या ६२ हजार ३ सय ७० रहेको छ । कपिलवस्तु जिल्लाको नेपाल भारत सिमा सँग जोडिएको नगरपालिका भएका कारण पनि भारतिय बजारबाट हुनै अवैध सामान ओसारपसार तथा सिमा सुुरक्षाका हिसाबले पनि चुनौतिको रुपमा रहेको सो नगरपाकिलामा गत वर्ष सडक कालोपत्रे तथा स्तरोन्नतिलाई प्राथामिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
कृष्णनगर –पटना, ३ कि.मि, लिङ्क रोड –बहादुरगञ्ज सडक, लगाएतका नगरका विभिन्न सडक कालोपत्रे भएका छन भने श्री राम गोरखा मा.वि मा ८ कोठे भवन पनि निर्माण भएको छ । नगरका विभिन्न स्थानमा सामुदायिक भवनहरु बनिरहेका छन भने स्वास्थ्य चौकी निर्माणको काम पनि धमाधम भईरहेको नगर प्रमुख शाहले बतउनुभयो । १२ कोठे सो स्वास्थ्य चौकी निर्माण भए सँगै सहज स्वास्थ्य सेवाको पहँुचमा नागरिकलाई पु¥याईने उहाँको भनाई छ । त्यस्तै उहाँले प्रकृतिले दिएको स्रोत र साधनका आधारमा स्थानिय तहलाई बजेट दिने तरिका गतल भएको बताउनुभयो । जुन स्थानिय तहमा प्राकृतिक स्रोत साधन बढि छ उले बढि बजेट पाउने र स्रोत साधन नहुने नगर वा गाउँहरुले बजेट कम पाउने निधि र विधि गलत भएको उहाको तर्क छ ।
त्यस्तै नगरले चालु वर्षको कुल बजेटबाट १६ करोड बजेट विकास योजनामा विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभएको छ । लक्षित वर्गका कार्यक्रमहरु पनि धमाधम संचालन भई रहेको भन्दै उहाँले नगरपालिका अहिले विकास निर्माणका काममा केन्द्रित भएको पनि जानकारी गराउनु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...