वनगाईमा चोरी संगै लागु औषध प्रयोग कर्ताको ट्रान्जीट पोइन्ट प्रशासन भने मुख दर्शक

जन आवाज अनलार्ईन

कपिलवस्तुको वाणगंगा ७ बनगाईमा गय राति करिव १२ः ३० बजेको समयमा चोरी भएको छ । करिव वनगाईमा पाँच महिनाको समयमा सात वटा चोरीका घटना भएका छन् ।

चैत्र १४ गते रेडियो वाणगंगाको  निर्माणाधिन भवनमा जडान गरीको पानी तान्ने १ इन्चीको मोटर चोरी लगतै चैत्र २२ गते रातको समयमा पारिजात मा.वि.का २ वटा वषका ४ वटा व्याट्री चोरी भए र सनराईज पेट्रोल पम्पमा रोकि राखेको पल्सर वाईकबाट १० लिटर पेट्रोल चोरी भयो । सनराईज पेट्रोल पम्प अगाडिबाट नै रोकिराखको ट्याक्टरको व्याट्री चोरी भयो त्यस पश्चात सृजना चिउरा उद्योगको कालो करलको साईन मोटर साईकल चोरी भए पछि केही दिन बित्तन नपाउदै शिवालय मन्दीरमा रहेको मन्दीरको दान पेटीको चोरीको घटना पश्चात बुधवार राति वाणगंगा ७ का युवा व्यसायी बिष्णु पौडेल श्रीमती विरामी भएर काठमाण्डौ गएको समयमा घरमा उहाँका कान्छा छोरा रहेका थिए उनी घरमा एक्लै भएको कारण घरमा ताला लगाए मामा घर गएको मौका छोपी पौडेलको घरमा चोरको गिरोहले चोरी गरेको हो ।

पौडेल घरबाट हातमा लगाउने ब्रासलेट ५ तोला गर गहना मंगल सुत्र ४२ इन्चको टि.भी ,गितार र नगद रु ७० हजार मात्र गरी करिव ७ लाख ५० हजार बरावरको धनमाल चोरी भएको पौडेलले वताउनु भयो ।

चोरी भएको भन्ने कुरा आफुहरु कोही पनि घरमा नरहेको ले आफनो घरमा भाडामा रहेको ले पसल खोल्न आउदा पसल संचालकले ताला फोडिएको अवस्थामा देखे पछि पौडेललाई पसल संचालक युवराज अधिकारीले खवर गरेका थिए ।

त्यस लगतै ईलाका प्रहरी कार्यालय पिपरालाई खवर गरे लगतै ईलाका प्रहरी कार्यालय पिपराको टोली पिपराबाट सहायक प्रहरी निरिक्षक टुक बहादुर खत्रीको कमाण्डमा  खटिएको थियो प्रहरीको अनुन्धानले  सिसी टिभी फुटेज अनुसार रातको समयमा चोरी भएको घर अगाडि सेतो रंगको बलेरो गाडीमा आई १ घण्टा सम्म घर अगाडि रोकेर सर सामान चोरी गरेको भन्ने केही आधार फेला परे पनि गाडीको नम्बर खुल्न भने सकेको छैन । प्रहरीले यसको खोजी कार्य भने तिब्र रुपमा अगाडि बडाएको वताएको छ ।
यता स्थानीयले भने लागु औषधको कारोवार हुने ट्रान्जीट पोईट रहेको कारण पनि चोरी दिनानु दिन भेैई रहेको वताएका छन् । यस क्षेत्रमा लागु औषध प्रयोग गर्ने र बिक्रि गर्ने दुई वटा डिलर पनि वनगाईमा रहेको कारण यस ठाउँमा जो कोही जुन सुकै समयमा पनि आउने हुदा आपराधिक क्रिर्याकलाप बड्दै गएको र यहाँका लागु औषध व्यापारीले रुपन्देही सम्म लागु औषध बिक्रि गर्दै आएको स्थानियले आरोप समेत लगाउदै आएका छन् ।
यस बिषयमा प्रहरी जानकार रहे पनि कुनै चासो नदिदा यस्ता आपराधीक क्रिर्याकलाप बढ्दै गएको स्थानीयको आरोप छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...