Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

बिप्लवका कमाण्ड इञ्चार्ज सहित २१ जना पक्राउ

 असोज ३० 

दाङ प्रहरीले विप्लव नेकपाका केन्द्रीय नेताहरुलाई पक्राउ गरेको छ । जिल्लाको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट पश्चिम कमाण्ड इञ्चार्ज विरजङ्ग चन्दसहित २१ जना केन्द्रीय नेताहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ वजे नेताहरुलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा केन्द्रिय सदस्य तथा पश्चिम कमाण्ड इञ्चार्ज विरजङ्ग चन्द, राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाठालगायत रहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो ।

प्रहरीले अन्य नेताहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार राप्ती क्षेत्रका सम्पूर्ण जिल्ला इञ्चार्जहरु पक्राउ परेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...