Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

मकवापुरमा अन्धाधुन्ध बन्चरो प्रहार, एक महिलाको ज्यान गयो

असोज ३०,

मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी झगडाको कारण एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ ।

जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए ।

एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।

पाख्रिनले अन्धाधुन्ध प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...