प्रहरी नायव उपरिक्षक मल्लका उत्कृष्ट कार्य सम्पादनले जिल्ला प्रहरी कार्यालयको प्युठानको प्रमुख जिम्मेवारी प्राप्त

जन आवाज

कपिलवस्तु जिल्लाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक शुनिल मल्लको कपिलवस्तु जिल्लाबाट सरुवा भएको छ ।
आफनो कार्य अवधी पुरा गरेका मल्लको प्रक्रिर्या गत रुपमा कपिलवस्तुबाट सरुवा भई जिल्ला प्रहरी कार्यलय प्युठानको प्रमुखको जिम्मेवारीमा उहाँ जादै हुनु हुन्छ ।
मल्ले कपिलवस्तु जिल्लामा समुदाय स्तरमा धेरै उदाहरणी कार्य सम्पादन गर्दै प्रहरी प्रबक्ताको जिम्मेवारी समाल्दै आउनु भएको थियो । समुदाय स्तरमा सामाजीक सद्भाव कायम गर्न र बोडरमा हुने चोरी तस्करी र नदिजन्य पदार्थमा हुने चोरी तस्करीलाई रोक्नका लागि उहाँको अहम भुमिका रहदै आएको थियो ।


उहाँ जिल्ला प्रहरी कार्यलय तनहुमा पनि प्रबक्ता र काठमाण्डौ महाँनगरी बृत्त गौशालामा प्रमुखको जिम्मेवारीमा पश्चात उहाँ कपिलवस्तुमा गत बर्ष साउन २९ गते कपिलवस्तुमा हाजिर हुनु भएको थियो । एक वर्ष १८ दिन सम्म उहाँ उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव उपरिक्ष रुपमा रहदै आउनु भएको छ । सेवा ग्राही प्रहरी संगठनका अन्य प्रहरीहरु संग गर्ने उहाँको व्यवहार उहाँका उत्कृष्ट कामले गर्दा नै जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुखमा छनोटमा पर्नु भएको छ ।
उहाँले प्रहरीको भूमिका समाजमा पृथक र उदाहरणीय हुन जरुरी भएको प्रहरीको जिम्मेवारी समाजमा अरुको भन्दा बढी हुने हुदा समुदाय र प्रहरी भन्ने नारालाई आत्म सात गर्दै सर्व साधारणको विश्वास जित्ने गरी सेवा गरे मात्र प्रहरी अपराध अनुसन्धानका कुरामा सदैव अवल कुरामा जोड दिनु भयो ।
आगामी दिनमा पनि प्रहरी प्रतिको विश्वास कहि कतै पनि कमी हुन नदिने प्रतिबद्धता गर्दै कपिलवस्तुको वसाईमा प्रहरी प्रति कुनै गुनासो नआएको आफनो क्षमताले भेटे सम्मका काम गरेको र कपिलवस्तुको निकै सौहार्द पुर्ण वातावरण रहेकोमा अपराध अनुन्धान जस्ता धेरै कार्यमा सहयोग पुर्याउनु हुने सबै प्रति बिशेष धन्यवाद समेत व्यक्त गर्नु भयो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...