भारतमा कोरोना सङ्क्रमितको संख्या ४० लाख भन्दा बढी

भदौ २०,२०७७

गएको २४ घण्टामै ८७ हजार एक सय १५जना सङक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४०लाख २० हजार नाघेको छ । भने अहिले सम्म कोरोनाबाट ६९ हजार छ सय ३५ ले ज्यान गुमाएका छन ।

भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...