सरकारको सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने  तयारी।। 

 असोज ३०

सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताउनुभयो ।

देश संघीयतामा गैसकेकाले त्यहीअनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागिपरेको राज्यमन्त्री यादवको भनाइ छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि बताउनुभयो।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको दोेर्होयाउनुभयो । उहाँले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...