गत साता युएईमा कोरोनाबाट पाँच नेपालीको मृत्यु

जन आवाज, भदौ २१

गत साता यूएईमा थप पाँच नेपालीको कोरोनाबाट ज्यान गएको छ ।विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले गर्दा गत साता यूएईमा कार्यरत पाँच नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितीले जनाएको छ । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय पुगेको छ । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोनाको कारण ज्यान गएको हो । संघका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अहिलेसम्म संसारका विभिन्न देशमा कार्यरत ३४ हजार ९ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । जसमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना निको भएका छन् । यो कुल सङ्क्रमित सङ्ख्याको ९४ प्रतिशत हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...