कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ९ को औरहवामा भएको आगलागि पिडित परिवारलाई नगरपालिकाले खाद्यान्न सहित सहयोग प्रदान गरेको छ । गत मंगलबार विहान ११ बजे गोठमा सल्केको आगोले ३ घर जलेर नष्ट भएका थिए । आगलागिबाट औरहवाका तौलेश्वर रैदास, विजय कुमार रैदासको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट करिब १० लाख बराबरको मालसमान जलेर नोक्सान भएको प्रहरीले जनाएको छ । नगरपालिकाले अग्नी पिडित परिवारलाई खाना पकाउने भाडा, चमाल, दल, मसाल साबुन, सर्फ लगायतका करिब १० हजारको सामग्री वितरण गरिएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।