आईतबार ९ सय जना नेपाली स्वदेश फर्किदै

जनआवाज, काठमाण्डौ

आज अन्तर्राष्ट्रिय उडान तथा चार्टर विमान मार्फत झन्डै ९०० जना नेपाली स्वदेश फर्किदैछन्। मलेसिया , युएई, चाइना र कुवेत जस्ता देशबाट गरी ८९० जना आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। मलेसियाबाट हिमालय एयरको उडानबाट १५४ जना , युएईबाट तीनवटा विमान मार्फत ५५० भन्दा धेरै नेपाली आउन लागेका प्राधिकरणले जनाएको छ। नेपाल एयरलाइन्समार्फत २६६, इतिहाद एयरको उडानमार्फत १३० र एयर अरेबिया मार्फत १६८ जना आउन लागेका छन्।

कुवेतबाट जजिरा एयरबाट १६२ र चाइनाबाट एयर चाइना मार्फत १० जना आउन लागेका प्राधिकरणले जनाएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...