कपिलधामको ८ औँ साधारणसभा सम्पन्न

हरि आचार्य कपिलवस्तु,

कपिल आरोग्य मन्दिर कपिलधाम (धार्मिक वन) कपिलवस्तुको ८ औँ वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ ।

कपिलधामको प्राङ्गणमा आयोजित साधारण सभामा कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सम्पुर्ण सहयोगिलाई धन्यवाद प्रकट गरेका थिए । त्यस्तै संस्थाका सचिव धुर्व बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राप्त उपलब्धिहरुको बारेमा स्पष्ट पारेका थिए त्यस्तै कोषाध्यक्ष राजु अर्यालले आर्थिक बर्ष २०७५÷७६ को १ करोड १२ लाख ८२ हजार ५ सय ८१ रुपियाँ ४५पैसा बराबरको आयव्य सार्वजनिक गरेका थिए । त्यस्तै लेखा समिती सदस्य दुर्गा पौडेलले लेखा समितीको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले संस्थाले गरेका उल्लेख्निय कार्यको प्रशंसा गर्दै कपिलधाम क्षेत्र, वडा, गाउँ, नगर, जिल्ला तथा प्रदेश हुँदै राष्ट्र तथा अन्तराष्ट सम्म पहिचान बनाउँन सफल हुने दावि गरेका छन् । उनले यस ठाउँमा धार्मिक तथा पर्यटनको संख्यामा वृद्धि गर्न धामले उल्लेखनिय टेवा पु¥याएका बताए ।

सांसद पन्थीले प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्कृत विद्यापिठका प्रमुख कृष्ण गुरुले कपिलधामको विकासका लागि सबैलाई समावेश गर्न आवश्यक रहेको बताउँदै उक्त ठाउँ गुरुकुल विना धार्मिक पर्यटन सम्भावना नरहेको बताए । कार्यक्रममा लुम्बिनी वाङ्मयका अध्यक्ष हिमलाल ज्ञवाली, समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल, भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझि, साना किसान कृषि सहकारीका अध्इक्ष भिम प्रसाद सापकोटा, श्री राम आधारभुत विद्यालयका प्रअ ओमलाल गिरी लगायतले मन्तब्य राख्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष शंकर प्रसाद आचार्यको अध्यक्षता, नगर प्रमुख मंगल प्रसाद थारुको विशिष्ट आतिथ्यता सहित विभिन्न विद्यालय, संघ संस्था, सामुदायिक वनका प्रतिनीधि तथा साहित्यकारहरुको उपस्थिती रहेको कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु रायमाझिको स्वागत मन्तब्य तथा सचिव धुर्व वेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...