Archives


२१ वर्षे यात्रामा गरिब विपन्नको मुख्य आधार : सिद्धार्थ सहकारी 

वाणगंगा अनलाईन, कपिलवस्तु 

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको सवैभन्दा पुरानो सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं साधारण सभा सिद्धिपुरमा सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको सहकारीले गरिब विपन्न समुदायलाई लक्षित गरी आफनो व्यवसायिक कारोबार शुरु गरेको थियो ।

समूहहरुमा ५।१० रुपैयाबाट बचत शुरु गरेको संस्थाले हाल करोडौको कारोवार गरेको छ । विगतमा यस क्षेत्रमा बैङ्किक सुविधा नहुँदा सहकारीले वाणगंगा वासीको आर्थिक कारोवारको आधार समेत बनेको थियो । सहकारीले गत आ.ब.को असार मसान्त सम्म २८ करोड बढिको कारोवार गरेको जनाएको छ । ४ हजार ५ सय ३१ सदस्य संख्या रहेको सहकारीले २ करोड ६ लाख ९१ हजार ५ सय बराबरको शेयर पुजी रहेको छ भने  १० करोड ८७ लाख २३ हजार ७ सय ६८ रुपैया बराबर निक्षेप संकलन गरेको सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।

सहकारीको २१ औं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले सहकारीहरुले पूँजी संलकन गरेर यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पु¥याएको बताउनुभयो । सहकारीको ऐन अनुसार अव एक व्यक्ति एक सहकारीको अवधारणा आएकाले सहकारीहरु पनि मर्ज गरेर जानुको विकल्प नभएको नगर प्रमुख चौधरीेले बताउनुभयो । उहाँले नगरले भौतिक विकास संगसंगै अबका वर्षमा आर्थिक सामाजिक विकासमा क्षेत्रमा निति तथा कार्यक्रम तय गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख थारुले नगरवासीलाई स्वस्थ रहन आग्रह गर्दै दैनिक खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । नगरवासी स्वस्थ रहेमात्र खुशी र समृद्ध हासिल हुने बताउदै नगरपालिकाले वडा वडामा विशेष स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरुलाई लागत सहभागीतामा जोड दिएर विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

साधारण सभामा सहकारीका सचिव देवकला सुवेदीले प्रगति प्रतिवेदन तथा व्यवस्थापक हरिलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको स्वागत सहकारीका उपाध्यक्ष इन्दिरा भट्टराईले गर्नुभएको थियो । आगामी वर्षको वार्षिक कार्यक्रम र बजेट सहकारीका कोषाध्यक्ष प्रकाश घिमिरेले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...