भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख नाघ्यो

जनआवाज, भदौ ३० बुधबार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ ।
भारत अमेरिकापछिको सबैभन्दा धेरै सङ्क्रमित भेटिएको देश हो । यो संगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० हजारभन्दा धेरै रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा सङ्क्रमण बढिरहे पनि ज्यान गुमाउनेको दर विश्वका धेरै देशको तुलनामा कम छ ।

 

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाखभन्दा धेरै निको भइसकेका छन् भने नौ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा अहिले कोरोनामुक्त हुने दर ७८ दशमलव ४२ प्रतिशत छ भने ज्यान गुमाउने दर १ दशमलव ६३ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा अर्थ व्यवस्था सुदृढ गर्न प्रतिबन्ध खुकुलो बनाउँदै जाँदा केही हप्तायता सङ्क्रमण बढिरहेको छ । पछिल्लो केही हप्तायता दैनिक ८० हजारदेखि ९० हजार जनासम्म सङ्क्रमित थपिइरहेका छन् ।

भारतमा जिमखाना खुल्ने क्रममा छ भने स्कुल, क्याम्पस र सिनेमा हल बन्द नै छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...