सोमबार देखि आन्तरिक उडान सुरु हुदैँ, व्यवसायी भन्छन् ५० प्रतिशत टिकट बुकिङ भइसक्यो

जनआवाज, काठमाण्डौ

पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमबार जहाज उडाउने भएका छन् ।व्यवसायीका अनुशार अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको छ । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एअरलाइन्स लगायतले ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका छन् ।  शुरुवाती चरणमा एअरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो ।

एअरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक हप्ता आन्तरिक उडानका एअरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।

छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि नै सञ्चालनमा आएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...