कोरोनाको संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाए

जनआवाज, काठमाण्डौ

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाएका छन् । १७ देशमा कार्यरत २४४ नेपालीले अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाएको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । गएको साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेमा नेपालीहरु रहदै आएका देश अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स ९युएई०, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत रहेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...