बाटो ग्राभेल गर्दै नेविसंघ तरुण दल कपिलवस्तु

जनआवाज, असोज ७ कपिलवस्तु

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघ छेत्र नं।(१ कपिलवस्तु ले बाणगङ्गा नगरपालिका २ कप्टैयाको गाउमा जाने बाटो ग्राभेल गरेका छन्।

करिब १ लाख भन्दा माथिको लागत लागेको उक्त ग्राभेल गर्ने योजना सम्पन्न गरिएको हो। गाउका जनता सधै हिलोमा हिड्नुपर्ने र बर्खा याममा बाइक हरु पनि जान नसक्ने उक्त ठाउमा हिउद याममा भने धुलो ले बाटो नै पुरिने अवस्था रहेको थियो। यस्तो अवस्था आफुहरु स्वयमले देखेको र गाउबाट पनि गुनासो आएपछि आफुहरु लागिपरेको तरुण दलका छेत्रीय सभापति तिलक थापाले बताउनुभयो।
अझै सम्म ग्राभेल पनि नभएको र बिग्रेर जनतालाई सामान्य हिडडुल गर्न समेत गाह्रो भएको ती ठाउहरुमा ग्राभेल राखेर बाटोलाई सुधार गरिएको नेविसंघका इकाई सभापति दिनेश छेत्रीले जानकारी दिनुभयो।

यता नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले विपिको सपना दुरदराजका गाउँ बस्तिमा जनता खुसी भएमा नै राष्ट्र खुसी रहने र आफुहरु विपिको सिद्धान्तलाई शिरोपर गर्दै समाजमा हुने हरेक दुस्खसुखमा आफुहरु लागि परेको बताउनुभयो।सरकारले गर्न सक्ने काम समेत तेरो मेरो भन्दै सामान्य रुपमा जनतालाई हिडडुल गर्न आवश्यक रहेको बाटो मा चाहिने ग्राभेल समेत गर्न नसक्नुमा दुस्खद रहेको र नेविसंघ तरुण दलले यो कार्य गरेको बताउनुभयो।सरकार भ्रस्टाचारमा लिप्त रहेको छ।गर्न चाहे के हुदैन भन्दै आफुहरु आफ्नो खाजा खर्च कटाउदै विभिन्न ब्यक्तित्व हरु सङ्गको सहयोग मा यो कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले आफुहरु सधै समाजमा आइपर्ने समस्यामा लागिपरेको बताउदै बाटो ग्राभेल गर्ने काममा समेत नेपाली कांग्रेस,तरुण दल वडा,नगर,छेत्र र जिल्ला सङ्गै नेविसंघ छेत्र नं।(१ का साथिहरुको आफ्नै सहयोगमा यो कार्यक्रम गरिएको बताउदै जनताले सामान्य आवस्यकताका कुराहरु खोजेका छन ती कुरामा हामिहरु लागि पर्छौ भन्नुभयो।हिजोका दिनमा नेतृत्व तहले राम्रो सङ्ग काम गरेको भए यो अवस्था नआउने बताउदै जिल्लाकै सुगम नगरपालिका भनेर चिनिने बाणगङ्गा त्यही मा २ न वडा को राजमार्ग नजिकै रहेको गाउमा ग्राभेल समेत हुन नसक्नु दुस्खद रहेको र यसमा जनता आफै जागरुप हुनुपर्ने बताउनुभयो।

यता बाटो ग्राभेल भएपछि त्यहाका युवा त्यसैगरी त्यहाका बासिन्दाको अनुहारमा खुसी छाएको थियो भने नेविसंघ र तरुण दल सङ्ग सङ्गै नेविसंघका चन्द्रकान्त पोख्रेल, दिनेश छेत्री, तरुण दलका शक्ति सिंह ठकुरी, तिलक थापा लगायतलाई धन्यवाद ब्यक्त गर्दै गाउँमा स्वागत गरिएको थियो भने गाउका स्थानियहरु समेत सम्पूर्णले कामको प्रशंसा गरेका थिए।
तरुण दल र नेविसंघ छेत्र नं।(१ कपिलवस्तुले सामाजिक कार्यमा अभियान नै थालेको बेला उनिहरु हरेक छेत्रका समस्या समाधान गर्नतर्फ लागिपरेको पाइन्छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...