Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

३ लाख ५० हजार नगदसहित  १४ जना जुवाडे पक्राउ

कपिलवस्तु कात्तिक १, 

कपिलवस्तु नगरपालिका– २ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जुवाडे पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ ।

प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो ।

लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुनिल मल्लले बताउनुभयो । पक्राउ परेका १४ जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...