Archives


अर्घाखाँचीमा जीप दुर्घटनामा तीनको मृत्यु, पाँच गम्भीर घाइते  

 असोज २०, २०७६ 

अर्घाखाँचीमा सोमबार भएको जीप दुर्घटनामा तीनको मृत्यु भएको छ। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको जीप दुर्घटनामा परेको हो। लु१ज ४३२९ नम्बरको जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको बताइएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...