Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

गरिमा’ जातको धान काट्ने बेलामा पनि नपसाए पछि किसानहरु चिन्तित बन्दै

कात्तिक २, 

गत जेठको अन्तिम साता ‘गरिमा’ जातको हाइब्रिड धान रोपेका देउखुरीका किसानहरु कात्तिक सुरु भइसक्दा पनि धान पसाउने छाँट नदेखिएपछि आत्तिएका छन्।

धानको बोट फस्टाए पनि पसाएको छैन। लमही नगरपालिकाको मजगाउँ, टिकुलीगढ, बड्का घुम्ना, छोट्की घुम्ना, गुर्जिहवा, भुरीपुर, बुटकहवा, केरुनिया, सोनपुर, रनियाँपुरलगायतका कृषकले लगाएको ‘गरिमा’ जातको हाइब्रिड धान पसाएको छैन। ती गाउँमा अरु जातको धानका बाला झुलेका छन्। कतिपयले काटिसकेका पनि छन्।  १३० दिन पुगिसक्दा पनि धान नपसाएपछि लमही नगरपालिका–३ मजगाउँका किसान छविलाल कोपिला चिन्तित भएका छन्।

विगतका वर्षहरुमा पनि यो धान रोप्दै आए पनि यस पटक धानले धोका दिएको उनले बताए। पहिला यो धान रोपेको १३० दिनभित्र धान ढल्याएको भए पनि अहिले रोपेको १२० दिन हुँदा समेत नपसाएको उनको भनाइ छ। गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचिकृत गरेको बिउ हो। यस जातको धान ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइसक्नुपर्ने हो। तर, अहिलेसम्म पसाएको छैन।  यस क्षेत्रमा गरिमा धानको बिउ नेपालमा सनराइज एग्रिकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे।

भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुन सक्ने रिसर्च सेन्टरले बताएको छ। रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बिउ नेपालमा २१ टनभन्दा बढी बिक्री भएको छ। सेन्टरले टिकुलीगढ, देउखुरीले विभिन्न ६ वटा केन्द्रमार्फत गरिमा धानको बिउ बिक्री गरेको हो।  मनिराम आचार्यले पनि धेरै फल्ने आशाले तीन कठ्ठामा गरिमा धान रोपका थिए। तर, धान नपसाएपछि अन्यौलमा परेको उनको भनाइ छ।

त्यसैगरी मजगाउँका किसान गुरुप्रसाद चौधरीको व्यथा पनि उस्तै छ। उनले रोपेको धानले १२५ दिन काटिसकेको छ। उनले पनि गत वर्ष अरु छिमेकीहरुले सोही धान रोपेरको देखेर यस वर्ष आफूले लगाएको बताए।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...