सुनको भाउ तोलामा २ सय रुपैँयाले घट्यो

जनआवाज अनलाईन,

बिहीवार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...