लायन्स क्लव अफ कपिलवस्तु दिदी वहिनीद्धारा मृगौला पिडित जि.सीलाई सहयोग प्रदान

जन आवाज अनलाईन

सेवा नै धर्म हो भन्ने मुल उद्धेश्यले कपिलवस्तुमा स्थापना भएको लायन्स क्लव अफ कपिलवस्तु दिदी वहिनीद्धारा मृगौला पिडितका लागि सहगोग स्वरुप दश हजारको चेक प्रदान गरिएको छ ।

वाणगंगा नगरपालिका चारनम्वर दरखास्तमा रहेको माछापुच्छ्र्र्र्रे होटलमा आयोजित कार्यक्रमका विच शिवराज नगरपालिका ५ शिवपुरका प्रकाश जि.सी विगत केहि एक वर्ष अगाडि देखि मृगौला दुवै मृगौलाले काम गर्न छाडे पछि थला पर्दै आउनु भएको थियो । जि.सीका परिवारमा श्रीमती एक छोरा र एक छोरी संगै वाणगंगा नगरपालिकाको वडा नम्वर चार दरखास्तमा कोठा भाडामा विगत दुई वर्ष अगाडि देखि रहदै आउँनु भएको छ । उहाँ रोगले ग्रसित हुनु भन्दा अघि बैदेशिक रोजगारीमा रहेर शेल्स मेनको रुपमा काम गर्दै आउनु भएको थियो । भने हाल उहाँ रोगले ग्रसित भएका जि.सीलाई कहि कतैबाट सहयोग भने भएको थिएन ।

कार्यक्रममा बोल्दै जि.सीले लायन्य क्लवले गरेको सहयोगलाई उहाँले आफनो लागि सानो भए पनि आफनो आर्थिक अवस्था कम्जोर सबै भएको वेलामा आफु जस्ता विरामी धेरै रहेता पनि आफुलाई यसले मन छोएको र सवैबाट स–सानो सहयोग पाए पनि आफुलाई वाच्ने आशा पलाउने कुरा गर्दै लायन्स क्लव अफ दिदी वहिनीलाई हृदय देखि धन्यवाद व्यक्त गर्नु भयो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले दिदी वहिनीहरुले गरेको यो सहयोग उदाहरणीय कार्य रहेको वताउदै आगामी दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिई अगाडि बढ्नका लागि आग्रह गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ दिदी वहिनीकी अध्यक्ष लक्ष्मी गैरेले गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे ,रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल आतिथ्यता रहेको थियो भने क्लवकी कोषाध्यक्ष कविता घिमिरे, सह कोषाध्यक्ष सदस्य भगवति भुषाल ,सिता कडेल,सरिता घिमिरे,सिता घिमिरे लगायतको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन क्लवकी सचिव पदमा वस्नेत सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...