इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गुरुङ उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत

जन आवाज अनलाईन

कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपराका प्रहरीको निरीक्षक दिनेश गुरुङ पुरस्कृत हुनु भएको छ ।

६५ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गुरुङको काम प्रतिको लगन शिलताको उच्च मुल्यांकन गर्दै गुरुङलाई शुक्रबार ‘उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरेको हो ।

राजनीति विज्ञानमा स्नातकोत्तर तह उत्तिर्ण गर्नु भएका गुरुङ ४ बर्षअघि प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो । उहाँ पिपरा आउनु भएको अझै १ महिना भएको छैन । उहाँ प्रहरी सेवामा राम्रो छवि भएको निरिक्षकको रुपमा रहदै आउनु भएको थियो ।

पुरस्कृत भएपछि गुरुङले जन आवाज अनलाईन संग आफना भनाई राख्नु भयो ,पुरस्कारको लागि काम गर्दिनँ । प्रदेश प्रहरीले मलाई योग्य ठानेर यो पुरस्कार दिएको छ । यसको कद घट्न दिने छैन । यस पुरस्कारले थप जिम्मेवार बनाएको छ ।’

पिपरा आए देखि नै आफ्नो ध्यान जनताको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहेको बताउनु भएका गुरुङले नाजायज काममा कसै संग मिलीमतो नगरी काम गर्ने अपराधीलाई कानुन वमोजिम कारवाही गर्ने कसैको दवावमा काम नगर्ने रुकुम पूर्वमा इन्चार्ज हुँदा उहाँले धेरै उदाहरणीय कामले गर्दा नै उहाँ प्रहरी सेवामा चर्चामा आउनु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...