चोरीमा संलग्न दुई व्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको फन्दामा

जन आवाज अनलाईन

कपिलवस्तुको बाणगंगामा नगरपालिकामा दिउसै दुई चोरलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्लाको कृष्णनगर र तौलिहवा वसोवास गर्दै आएका चोरहरु बाणगंगा नगरपालिकाका विभिन्न स्थानहरुमा चोरी गर्ने क्रममा समातिएका हुन् ।

बाणगंगा नगरपालिकाको वडा नम्बर ८ को अति व्यस्त चोक लौगार्इ र जितपुर चार नम्बरमा दिउँसै चोरी गर्ने क्रममा र्इलाका प्रहरी कार्यालय पिपराको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनु भयो ।

गुरुङका अनुसार दिउँसो मध्यान्ह १२ बजेको समयमा एक चोरले मदिरा पसलबाट ५० हजार चोरी गरी भागे पछि प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको हो ।
ती चोरहरुको साथबाट चावी तोड्न प्रयोग हुने रेन्ची, फोडी सकेको ताल्चा र अन्य सामग्री पनि बरामद गरिएको गुरुङले बताउनु भयो । पक्राउ पर्नेमा १७ बर्षीय कपिलवस्तु नगरपालिका तौलिहवाका हुन् भने अर्का २० बर्षीय कृष्णनगर नगरपालिकाका मोहम्मद याकुव रहेका छन् ।

पक्राउ पर्न सफल अर्का चोर चोर भने कार्तिक ११ गते नै समातिएका थिए । उनीहरु विरुद्ध चोरी मुद्धा दर्ता भएर अनुसन्धान भर्इ रहेको प्रहरीले जनाएको छ । तिनीहरुलाई समाते पछि अब बाणगंगामा चोरीमा संलग्न गिरोह नै समात्न सहयोग पुग्ने एक जना र अर्का २० बर्षीय मोहम्मद याकुव रहेका छन् । याकुव कृष्णनगरका हुन् भने अर्काएक जना र अर्का २० बर्षीय मोहम्मद याकुव रहेका छन् । याकुव कृष्णनगरका हुन् भने अर्का प्रहरी निरिक्षक गुरुङले बताउनु भयो ।

प्रहरी निरिक्षक गुरुङको आए संगै चोरी तस्करी लागु औषध दुर्वेशनी जस्ता गलत कार्य गर्नेका लागि कानुन बमोजीम कारवाही गर्दै शान्ती सुरक्षा कायम गर्नका लागि प्रहरी कतै नचुक्ने र नभुक्ने वताउदै गत वर्ष चाड पर्वको समयमा वा अन्य समयमा चोरी लाखौको सामान चोरी तस्करी भएको थियो । भने यस बर्षको चाड पर्वको समयमा बाणगंगामा चोरीका घटनामा कमी आएको वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...