खुल्ला सीमाका कारण नेपाली कापी उद्योग सङ्कटमा

 कार्तिक २, 

बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् ।

यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरु बताउँछन् ।

खुल्ला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् । यहाँका अधिकांश निजी विद्यालय, बिक्रेताले भारतबाटै भन्सार नतिरी कापी ल्याउने गरेको कारण यहाँका कापी उद्योग फस्टाउन नसकेको उद्योगीको भनाइ छ ।

 

खुला सीमा र नियमनकारी निकायले नियमनमा चासो नदेखाउँदा स्थानीय कापी उद्योग फष्टाउन नसकेको इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले बताए। उनले भने ,

खुला सिमाना भएकै कारण दिनदिनै ठूलो परिमाणमा रुपैडिहाबाट कापी भित्रिने गरेकाले यहाँको कापी उद्योग चलाउन समस्या भएको उनको भनाइ छ ।

खुला सिमानाका कारण चोरी पैठारीबाट भएका कारोबारले यहाँको कापी उद्योग फष्टाउन नसकिरहेको सञ्चालक गौतम बताउनुहुन्छ । उहाँका अनुसार खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने यहाँका उद्योग राम्रोसँग फष्टाउन सक्छन् । यहाँ अहिलेसम्म तीन वटा कापी उद्योगले उत्पादन गरिरहेका छन् । उद्योग खुल्ने क्रम बढेको छ ।

 

सञ्चालक गौतमले भने, “नीतिगत समस्या छैन, तर व्यावहारिक समस्याले हाम्रो व्यवसाय चाहेजति फस्टाउन सकिरहेको छैन । भारतीय कम्पनीका कापीको नाम नै तोकेर विद्यालयले अभिभावकलाई खरीदका लागि दबाब दिँदै आएको खुलेको छ । निजी विद्यालयले एकाधिकार लगाएको गुनासो व्यवसायीको छ । यसबाट राजस्व पनि चुहावट भइरहेको छ ।

 

खुला सिमानाले समस्या पारे पनि नेपालगञ्जमा पछिल्लो समयमा कापी उद्योग थपिँदै गएका छन् । पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा विस्तारै कापी उद्योग फस्टाउन थालेको नेपालगञ्जका पुस्तक व्यवसायी राजु काफ्ले बताउनुहुन्छ । व्यवसायी काफ्लेले उपमहानगरपालिकाको भुजई गाउँमा रु पाँच करोडको लगानीमा नयाँ कापी उद्योग स्थापनाको तयारी गरेका छन् ।

सङ्गम पेपर इन्डस्ट्रिज प्रालिका नामबाट उत्पादन हुने कापी यस क्षेत्रका प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खपत हुने व्यवसायी काफ्लेको भनाइ छ । करीब उक्त करोडको मेशिनबाट उत्पादन हुने कापी गुणस्तरीय हुने र उक्त उद्योेगमा २० जनाले सहजै रोजगारी पाउने उनले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...