बुद्धभुमी नगरपालिकाले दिपावलीमा देउसी भैलो खेल्न पुर्ण रुपमा प्रतिवन्ध लगाएका छौ : नगर प्रमुख श्रेष्ठ

जन आवाज अनलाईन

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले यस बर्षको हिन्दुहरुको महान पर्व शुभ दिपावलीमा कोरोना महामारीका कारण देउसी भैलो खेल्नमा पुर्ण रुपमा प्रतिवन्ध लगाउने भएको छ ।
बुद्धभुी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपालीहरुको महान पर्व शुभ दिपावलीलाई सभ्य रुपमा मनाउनका नगर वासीमा आग्रह गर्नु भएको छ । चाड पर्वको नाममा जुवातास खेल्ने, जाड रक्सी खाने समाजमा होहल्ला गनेर्, चाड पर्वको समयमा चोरी डकैती जस्ता क्रिर्याकलाप हुन सक्ने हुदा सजक हुन र यस कोरोना महामारीको संकटबाट आफु बची अरुलाई पनि वचाउनका लागि नगरपालिकाले जम्घट नहुने र देउसी भैलो पुर्णरुपमा प्रतिवन्ध लगाउने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । यस्ता गलत कार्यहरुलाई नगरपालिकाले पुर्ण रुपमा रोक लगाएको र नगर वासी सवै सचेत हुनु पर्ने आग्रह गर्नु भयो । जम्घट विभिन्न कारणबाट कारोना संक्रमण फैलन सक्ने हुदा यथा स्थान मै वसी घर परिवार संग खुसी साटासाट गरी दिपावली मनाउनका लागि सबैमा नगरपालीकाले विभिन्न सञ्चार माध्यम मार्फत र सबै वडाहरुलाई सोही बमोजिम नियमको पालना गर्न गराउनका लागि समेत सुचना जारी गरेको उहाँले बताउनु भयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई परास्त गर्नका लागि सबै सचेत हुनु पर्ने बताउदै जो कोरोना संक्रमण हुने हुने सवै सिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वदेश तथा विदेशमा र हनुहुने नेपाली आमा वुवा दाजुभाई दिदी,बहिनी,समाज सेवी, बुद्धिजी,शिक्षक, सुरक्षा कर्मी पत्रकार ,कर्मचारी,सबैमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नु भयो

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...