जगदिशपुर चोकबाट ९ जुवाडे पक्राउ

जन आवाज अनलाईन

कपिलवस्तु नगरपालिकाबाट ९ जुवाडे पक्राउ परेका छन् । वडा नम्बर ९ को जगदिशपुर चोकबाट र्इलाका प्रहरी कार्यालय पिपराको टोलीले राति १ बजे जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा राति नै प्रहरी टोली जगदिशपुर पुगेको थियो ।

त्यसपछि जुवाखालमा रहेको ५९ हजार ७४ रुपैयाँसहित ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक गुरुङले जनआवाज अनलाइनलाई जानकारी दिनुभयो । जुवाडेहरुको साथबाट २ गड्डी तास र १६ वटा कौडा पनि वरामद गरिएको गुरुङले बताउनु भयो ।

उनीहरुलाई हिरासतमा राखेर अहिले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यी ९ जनासहित पिपरा प्रहरीले दशैँ र तिहारको समयमा जुवातास खेल्ने २१ जनालाई पक्राउ गरिसकेको छ । दशैँको बेला बाणगंगाबाट १२ जना जुवाडे पक्राऊ गरी कानुनी कारबाही अगाडी बढाएको थियो ।

तिहारको नाममा कानुन विपरित मानिने जुवातास नखेल्न जिल्ला प्रशासनले अनुरोध गरेको छ । यस्तै प्रहरीले तिहारको बेला देउसी भैले नखेल्न समेत अनुरोध गरेको छ । यदि त्यस्तो गरेको पाइए नियन्त्रणमा लिइने चेतावनी दिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...