ढेड लाख बढी मुल्यका पटका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्धारा नस्ट

जन आवाज अनलाईन तौलिहवा

कपिलवस्तुका बिभिन्न नाकाबाट तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मुल्यका पटका बरामद गरिएको छ । सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाका क्रममा सो पटका बरामद गरेको हो ।

लुकि छिपी बिभिन्न नाकाबाट भित्राइएका पटका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो। ६७ हजारको झिरझिरे, ३० हजारको भुई चम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल ढेड लाख बबढी मुल्यका पटाका बरामद गरिएको थियो । बरामद पटाकालाई तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेन पछि गाडेर नष्ट गरिएको थियो ।

भारतबाट नेपालमा ल्याएर बिक्रि गर्दा व्यापारीहरुलाई धेरै नाफा आउने भएकाले ब्यापारीहरुले बिशेष गरी तिहारको समयमा चोर नाकाबाट पटाका भित्राउने गरेका छन । यसै बिच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मुल्यको पटका बरामद गरेको छ ।
चाडबाडको समयमा चोरी तस्करी, सामाजीक सद्भाव विथोलिन सक्ने क्रिर्याकलाप हुन नदिनका लागि जिल्ला प्रहरी कार्यालय मातहका युनिटलाई चुस्त दुरुस्त राखी जिल्लाले पनि बिशेष सत्र्रिmयता बढाएको प्रहरी उपरिक्षक अधिकारीले वताउनु भयो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...