नेपाल फर्किंन खोज्दा विमानस्थल बाटै जेल

जन आवाज अनलाईन

साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे उनीहरू नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्कनुपर्ने थियो । तर, अध्यागमन डेस्क पुग्दा प्रहरीले नियन्त्रणमा लिई एउटा कोठामा लगेर राखे ।

‘हामीलाई किन रोकेको हो रु’ सानाले प्रहरीलाई अंग्रेजीमा सोधिन् । प्रहरीले अरबीमा बोले । कोठाभित्र थुनेर प्रहरी फर्किए । उनीहरूले एसियना रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङलाई पनि सम्पर्क प्रयास गरे । उनी गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक हुन् । उनको पनि फोन उठेन । उनीहरू गुरुङले चलाएको एसियनामा काम गर्थे । निरुता र साना गीत गाउँथे भने रेश्मा नृत्य गर्थिन् ।

बिहान ६ बजेतिर उनीहरूले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई आफूहरुलाई विमानस्थलमा नियन्त्रणमा राखिएको जानकारी गराए । भारद्वाजले पनि प्रवीणलाई सम्पर्क गरे तर फोन उठेन । बिहान ८ बजे विमानस्थलको थुनुवा कोठाबाट सीआईडीले आप्रवासी श्रमिकलाई डिपोर्ट गर्नका लागि बनाइएको खोज तथा अनुसन्धान विभागको ‘डिपोर्टेसन सेन्टर’मा लगेर राखे । ‘भित्र हालेपछि मात्रै जेलमा ल्याएको थाहा भयो, हामीले जेलै जानुपर्ने त्यस्तो अपराध के गरेका थियौं रु’ सानाले भनिन् । उनीहरूमाथि कम्पनीबाट भागेको अभियोग लगाइरहेको रहेछ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...