सैनामैनाको जलासय पार्कलाई बुद्ध सर्किटसंग जोडिने

नगरपालिकाले दीर्घकालीन योजनाका रुपमा रहेको लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोडेर अगाडि बढाइने भएको छ । सैनामैनाका प्रमुखको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्यय्न गरिएको थियो ।

सैनामैनाको यो जलासययुक्त बहुउद्देश्यीय पार्कको निर्माणले सिंचाइ सुविधाका अतिरिक्त पर्यटकीय क्षेत्रका रुपमा विकास हुने भएकाले योजना अगाडि सारिएको नगर प्रमुख कार्कीले जानकारी गराउनुभयो ।

अध्यय्न पूरा भएका योजनालाई छिटो अगाडि बढाउन निर्देशन
पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सैनामैनाको विकास लागि संघीय सरकारबाट विशेष सहकार्य हुने बताउनुभयो ।

उहाँले सैनामैनालाई लुम्बिनीसंग जोडेर विकास गर्नुपर्ने भन्दै उहाँले अहिले सम्भाव्यता अध्यय्न भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन निर्देशन पनि दिनुभयो । सोही क्षेत्रको अवलोकनका लागि बिहीबार स्थलमै नेकपा महासचिव पौडेलले सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

ध्यान केन्द्रसहितको विशेष संग्रहालय बनाइँदै
यस्तै सैनामैनामै विशेष संग्रहालय बन्ने भएको छ । सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै वडा नं। १ को बनकट्टामा उक्त संग्रहालय निर्माण गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...