Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

रेडियो वाणगंगाको निर्माणाधिन भवनमा चोरी

जन आवाज अनलाईन

कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको निर्माणाधिन भवनमा गयराती चोरी भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईमा निर्माण कार्य भईरहेको रेडियोको भवनबाट करिब ५० हजार बढी मुल्यका दुईवटा झ्याल चोरी भएको रेडियोका स्टेशन म्यानेजर गणेश पोख्रेलले बताउनुभयो ।
तिहारका बेला निर्माण कार्य स्थगित गरिएको समयको मौका छोपी चोरको गिरोहले ढोकाको मुल गेट बाट छिर्न नसके पछि भवनको पहिलो तलामा रेलिङबाट रसिको सहायताले चडी भुई तल्लामा रहेको बन्द कोठा भित्रको तीन वटा ५/६ मध्ये दुई वटा झयाल कोठाको चाँबी तोडेर भवन भित्र फिटिङका लागि राखिएका झ्याल चोरी गरेका हुन । यस अघि पनि सोही भवनका लागि पानी सिचाउने १० हजार बराबरको पानी तान्ने मोटर चोरी भएकोे  स्टेशन म्यानेजर पोख्रेलले बताउनु भयो । पटक पटक सन्चार माद्यमबाटै विभिन्न सामाग्री चोरी हुनु भनेको निन्दनीय  , घिडित कार्य भएकोले नियत बस चोरिमा समलग्न गिरोहलाई तत्काल पक्राउ गरि  कडा भन्दा कडा कार्बही गर्नका लागि घटनाको बारेमा प्रहरीलाई जानकारी गराईएको उहाँले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भई  रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...