नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ५ पुग्यो

जनआवाज अनलाईन, मंसिर ६

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न अस्पतालहरूमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ।

 

त्यस्तै, आज शुक्रबार थप १६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २३ सय २३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९३ हजार ३२५ छ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...