बाणगंगा नगरभित्रका बजार मंसिर ९ गते देखि हरेक मंगलबार बन्द हुने

जनआवाज अनलाईन , कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगर भित्रका बजारहरु प्रत्येक शाताको मंगलबार बन्द हुने भएका छन् । यसअघि शाताको मंगलबार बजार बन्द हुने गरेकोमा चाडपर्वका अवसर पारि खुलाईको थियो ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आजै वसेको बैठकले आउदो मंसिर ९ गतेदेखि बजार बन्दलाई निरन्तरता दिने भएको छ । साथै संघले वाणगंगा नगर क्षेत्र भित्र नगरको सौन्दयर्ता नै विग्रिने गरी अव्यवस्थित रुपमा विना दर्ता संचालन भइरहेको व्यवसायहरुलाई समेत व्यवस्थित गर्ने निर्णय गरेको छ ।

नगरक्षेत्रका मुख्य बजारहरुका सडक पेटीमा, छेउछाउ, सटर अघि ठेलागाडा, झोले पोके, विभिन्न खुद्रा व्यवसायहरु निर्वाध रुपमा संचालन भइरहेको हुँदा ती सवै व्यवसायलाई व्यवस्थित र दर्ता गरी उपर्युक्त स्थानमा संचालन गर्नका लागि वाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपरा संग आवश्यक सहकार्य गर्ने जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...