Archives


पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु, ७ घाइते

कार्तिक २, 

पाल्पामा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।अर्गली बजार नजिक शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको र ८ जना घाइते भएका हुन् ।

दुर्घटनामा ठूलोलुम्पेक गुल्मीका ३९ वर्षीय हिम बहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ९२०२ नम्बरको ट्रक अर्गलीबजार नजिक दुर्घटना हुँदा घाइते भएका ७ जनाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।अर्को घटनामा माटोको ढिस्कोले पुरिएर बगनासकाली गाँउपालिका(१, घोरबन्दाका ४५ वर्षीय हर्क बहादुर कुमालको ज्यान गएको छ ।

तानसेन(४, बिशालबजारका रोहित कुमार रामदासको घर निर्माण गर्ने क्रममा पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेर पुरिएका कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिका(१, ख्याहाकी ३५ वर्षीया कमला पहराईको पनि ज्यान गएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी कमलालाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...