लागू औसध सहित दुई जना प्रहरीको नियन्त्रणमा

पौष १७ कपिलवस्तु

 

पिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा प्रहरीले शुक्रबार साझँ छापा मारेको छ । लागु औषध कारोबारीको शंकामा वडाको बालापुरस्थित एक घरमा छापा मार्दा लागु औषधसहित सुरज थापा र विकास परियार नाम गरेका २ युवक रंगेहात समातिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलीले साँझ ७ बजेतिर विशेष सुलाकिको आधारमा घरमा छापा मारेको थियो ।

कारोबारीले बोडगाउँमा एक घर नै डेरा लिएर लागु औषध ओसारपसार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनीहरुको साथबाट केही लागु औषध र नगद पनि बरामद भएको छ । लागु औषधको प्रकार र परिणामबारे भने प्रहरीले अहिले सम्म खुलाएको छैन् । घटना बारे थप अनुसन्धान जारी छ ।

अहिले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गुरुङले बताएका छन् । दुई जनामध्ये एक जनाको घर पुलचोक रहेकोमा त्यहाँ पुगेर पनि प्रहरीले खान तलासी गरेको थियो । त्यहाँबाट पासपोर्ड समेत भेटिएको प्रहरीको भनाई छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...