नदीको जदीजन्य पदार्थको चोरी निकासीमा संलग्न ९ वटा ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा

पौष २१ गते पिपरा

कपिलवस्तुको वाणगंगा नदीको जदीजन्य पदार्थको चोरी निकासीमा संलग्न ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पिपराको टोलीले वाणगंगा नदीबाट आइतबार साँझ र राति गरी ९ वटा ट्याक्टरलाई नदीजन्य पदार्थ चोरी गर्नेक्रममा नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले आइतबार साँझ वाणगंगा ५ को बैकुण्ठपुरबाट ९ ट्याक्टर नदीजन्य पदार्थ चोरी निकासी गरि रहेको अवस्थाबाट पक्राउ गरेको बताउँनु भयो ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई सोमबार वाणगंगा नगरपालिकामा पठाइने उहाँले बताउनु भयो । यस अघि प्रहरीले ११ वटा ट्याक्टरलाई कारबाही गरेर २ लाख ६५ हजार राजश्व जम्मा गरेको थियो ।

नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको वाणगंगाबासीको आशंकाका बीच प्रहरीले ९ ट्याक्टर समातेर उदाहरणीय काम गरेको छ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...