कपिलवस्तुमा खाए ६५ हजार बालबालिकाले भिटामिन ए 

वाणगंगा अनलाईन, कपिलवस्तु, कार्तिक २

दोस्रो चरणको राष्ट्रिय ‘भिटामिन ए’ अभियान आजबाट दैशभर आईतबार सम्पन्न भएको छ । संघिय सरकार अन्र्तगतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको समन्वय र सहकार्यमा कार्तिक २ र ३ गते भिटामिन ए ख्वाउने राष्ट्रिय कार्यक्रम अनुसार कपिलवस्तु जिल्लामा पनि यो अभियान संचालन गरिएको हो । बाणगंगा नगरपालिकामा यो अभियानको नगर प्रमुख मंगल थारुले शनिबार उद्घाटन गर्नुभएको थियो ।

दोस्रो चरणको राष्ट्रिय ‘भिटामिन ए’अभियान अन्तर्गत कपिलवस्तु जिल्लामा झण्डै ६५ हजार बालबालिकाहरुले भिटामिन ए खाएका छन् । मुलुकका ७७ वटै जिल्लामा यो अभियान सन्चालन गरिएको हो । कपिलवस्तु जिल्लाका सबै स्थानिय तहहरुमा यो अभिायन संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कार्यालयका प्रमूख योगेन्द्र प्रसाद भगवतका अनुसार कपिलवस्तु जिल्लामा यो अभियानका लागि १ हजार २ सय जना  महिला स्वास्थ्य स्वयंम सेविकाहरु परिचालित भएका थिए ।

प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले यो अभिायन संचालन गरेको हो । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइएको छ । भिटामिन ए कार्यक्रमका लागि मुलुकका ७५३ स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित भएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...