नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाउने भएको छ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले आज सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विरोध पत्र पठाउने भएको हो ।
विरोध पत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने कार्यक्रम तय गरिएको छ। काठमाडौंमा दिउँसो १२ बजे र्यालीसहित जिल्ला प्रशासन कार्यालयमा जाने र विरोध पत्र सहित संविधानको पुस्तक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाउने तय भएको प्रचण्ड–नेपाल समूहको काठमाडौं संघर्ष समिति संयोजक सावित्रा भुसालले जानकारी दिनु भयो ।