Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

राष्ट्रियसभा बैठक आज बस्दै

पौष २४ गते काठमाडौं

संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा।भरतराज गौतमले जानकारी दिनु भयो। बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्ने छिन्।

राष्ट्रियसभा बैठक बिहीवार पनि बसेको थियो। उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो। बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयता माथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए। उनीहरुले प्रतिनिधिसभा पुनस्स्थापनाको माग गरेका थिए।

यही पुष ५ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरे पछि यसको चारै तिर कडा विरोध भइरहेको छ। संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दर्ता भएका छन्। ती रिटहरुको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...