Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

समाज रुपान्तरणको अभियानमा लाग्न पत्रकारलाई नगर प्रमुख श्रेष्ठको सुझाव

पौष २८ गते कपिलवस्तु ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सोमबार गोरुसिंगेमा सूचना केन्द्र भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले समाजमा लुकेर रहेर खबरलाई आम नागरिक समक्ष उजागर गरी समाज रुपान्तरणको अभियानमा लाग्न पत्रकारलाई उहाँले सुझाव दिनुभएको थियो ।

पत्रकारिता पेशा समाजको ऐना भएको बताउँदै मिडियाको सवलीकरणका लागि आफुले आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकारलाई दक्ष बनाउन महासंघले विभिन्न कार्यक्रम ल्याउने बताउनु भयो । जिल्लाका विभिन्न स्थानमा महासंघका भवन निर्माण भैसकेका बताउँदै अब पत्रकारितालाई सबल र सुदृढ बनाउन विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

महासंघका कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं। २ का वडाध्यक्ष भेषराज शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल लगायतले बोल्नुभएको थियो ।

साविक जयनगर गाउँ विकास समितिले भोगचलन गर्दै आएको भवनमा सूचना केन्द्रको रुपमा स्थापना गरिएको हो । बुद्धभूमि नगरपालिकाले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन प्रयोग गर्न अख्तियारी दिए संगै सूचना केन्द्र स्थापना गरिएको हो ।

महासंघकी उपाध्यक्ष पार्वती पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव हरि अधिकारीले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...