Archives


होटल पौवा कपिलवस्तुले आफना ग्राहकहरु संग माघी मनाउने

गोरुसिगे पौष २८ गते कपिलवस्तु

माघे संक्रान्तिलाई लक्षित गर्दै होटल पौवाले कपिलवस्तुको गोरुसिगेमा माघीको परिकार खुवाउने भएको छ ।

आगामी माघ १ गते ९माघे संक्रान्ति० दिन परम्परा देखि खाईंदै आएको खिचडी परिकार ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले गोरुसिगे कपिलवस्तुले जनाएको छ ।
पौवा ग्रुपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।

थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुने छन् भने गोरुसिगेमामा समुदायको माघी स्पेशल खिचडी, सखरखण्ड,माछा सिद्राको अचार, दहि ,पिडालु ,र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुने छन् । परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका गोरुसिगे शाखाका प्रवन्धक शिवराम न्यौपानेले वतनउनु भयो । होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...