आइतबार सुनचाँदीको मुल्यमा गिरावट

जनआवाज अनलाईन

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...