कोईलीचौर सामुदायिक वनको २१औं साभारणसभाबाट १०वर्षे कार्ययोजना पारित

वाणगंगा अनलाईन, कार्तिक ३

बन जंगल तथा स्थानिय श्रोतको संरक्षण गरौ.,पर्यावरण बचाऔं भन्ने मूल नाराकासाथ कपिलवस्तु जिल्लाको कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको २१ औ साभारण सभा समूहको परिसर बाणगंगा ९ भर्लावासमा सम्पन्न भएको छ ।

साधारण सभामा समूहका सचिव माधुरी गिरीले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष कुन्तामणि भुसालले आर्थिक वर्ष २०७५÷०७६को कुल २० लाख ८५ हजार बराबरको आय—व्यय सार्वजनकीकरण गरेका थिए । समूहकोे आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ५८ लाख ५ हजार बराबरको अनुमानित आय—व्यय प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक ओमलाल गिरीले समूहको लेखा प्रतिवेदन पेश गरेका थिए ।

समूहका अध्यक्ष हरिराज घिमिरेले आगामी ०७६÷७७को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोइलीचौर सामुदायिक वनले समूहका पूर्व कार्यसमिति पदाधिकारीहरु,उपभोक्ता मध्येबाट सामुदायिक बिधालय र बाल बिकास केन्द्रमा अध्ययनरत विपन्न र जेहेन्दार बिधार्थी ४ जनालाई पाठ्य सामाग्री प्रदान गरेको छ । साथै समूहले ७० वसन्त पार गरेका ५५ जना जेष्ठ नागरीक,२जना एकल महिला,२ जना असल बुहारीलाई सम्मानित पनि गरेको छ । २१ औँ साधारण सभाबाट कोइलीचौर सामुदायिक वनको १०वर्षे कार्ययोजना पनि पारित गरेको छ । साधारण सभामा वाणगंगा नगरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मङ्गल प्रसाद थारुले नगरमा बिकास निर्माणमा पछि परेका वडा न. १० पटना र वडा नम्बर ९ भलवाडलाई नगरले विशेष प्राथमिकता दिएको भन्दै नगरले गर्ने महत्वपूर्ण काममा म सफा गर्छु मेरो नगर कार्यक्रम अन्तर्गत हरेक महिनाको १ र १५ गते सरसफाई अभियान गर्ने, भान्सा नै औषधालय कार्यक्रम अन्तर्गत नगरबासी स्वस्थ्य रहुन भन्दै बाणगंगा नगर समुन्नत,सुन्दर र समृद्ध नगर बनाउने लक्ष्य लिएको बताएका थिए ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा वडाध्यक्ष धुर्व वेल्वासेले समूहले योजना बनाउँदा ठूला र ठोस योजना बनाएमा समूहको गरेका काम दिगो हुने कुरा बताएका थिए । त्यस्तै सब डिभिजन वन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत यम प्रसाद गैरेले वैज्ञानिक वनको अवधारणाको बारेमा प्रकाश पार्दै वनको दिगो बिकासको लागि वनको संरक्षण सम्वद्र्धन गर्दै लैजानुपर्ने कुरामा जोड दिएका थिए । साधारणसभा सफलताको शुभ कामना दिनेमा सल्लाहकार समितिका संयोजक गोपाल गिरी, स्वास्थ्य चौकाी भलवाडका प्रमुख जित बिकास रायमाझी,साहारा सामुदायिक वनका अध्यक्ष कमल वेल्वासे,शुद्धोदन मावि जिनुवामा प्र.अ. टेकलाल अधिकारी संचारकर्मी बाबुराम रायमाझी,सामुदायिक वन उपभोक्ता समिति वाणगंगा नगरका नगर सदस्य दुर्गा प्रसाद पौडेल भर्ताृपुर आधारभूत बिधालयका प्रतिनिधि मुक्ति वेल्वासेले आ—आफ्नो धारणा राख्दै साधारण सभाको सफलताको शुभ कामना दिएका थिए । यस सामुदायिक वनमा ४३७ वन उपभोक्ता रहेको र सामुदायिक वन २ शय १८ हेक्टर क्षेत्रफलमा रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...