कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...