पानी नपरेसम्म मौसम सफा हुदैन ः मौसमविद मञ्जु बासीका

माघ ५, २०७७

उज्यालो नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् ।मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उहाँले बताउनुभयो । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविद्को भनाइ छ ।

पानी पर्नका लागि पर्याप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन । दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित भएको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवाँलो लाग्ने गरेको छ । तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ ।

तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् बासीले बताउनुभयो । उहाँकाअनुसार ४८ घण्टासम्म निरन्तर हुस्सु लागेमा मात्रै शीतलहर भन्ने गरिन्छ । अहिले दिउँसो अबेर एकछिन घाम देखिने र बिहान फेरि हुस्सु लाग्ने गरेको छ । तत्काल शीतलहर चल्ने सम्भावना नभए पनि चिसो भने बढ्ने मौसमविद्को भनाइ छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...